काठमाडौँ । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ ।
एक सूचना जारी गर्दै टोखाले सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।
पहिलो चरणमा सार्वजनिकस्थलबाट एक सय मिटर वरपरको क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने भन्ने जानकारीका लागी सूचना जारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए ।
बिसीका अनुसार तत्कालका लागी नगरपालिका, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी नजिकका पसलहरूमा प्रहरी खटाएर सचेत गराउने र अर्को सूचना जारी गरी निर्णयको पूर्ण कार्यान्वयन गरिने छ ।
