हामीलाई पुरानो ‘प्रचण्ड’ हेर्न मन छ : सरल सहयात्री « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

हामीलाई पुरानो ‘प्रचण्ड’ हेर्न मन छ : सरल सहयात्री


२० श्रावण २०८०, शनिबार


 काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सरल सहयात्री पौडेलले पार्टी बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ भनेर प्रश्न उठाएका छन्।

काठमाडौँमा जारी चौंथो केन्द्रीय कमिटीको चौंथो दिनको बैठकमा नेताहरु जिल्ला नगएको भन्ने केन्द्रीय सदस्यहरु प्रति लक्षित गर्दै पौडेलले यस्तो प्रश्न उठाएका हुन्।

पौडेल माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष समेत हुन्। उनले अहिले माओवादी सफल कि अवशानको चुनौतिपूर्ण मोडमा रहेको बताए।

‘आशा र सपना मरेपछि जागरण पनि मर्दो रहेछ,’ बैठकमा पौडेलले भने,‘अहिले हामी सफल र अवसानको चुनौतिपूर्ण मोडमा छौँ।’

बैठकमा पौडेलले अहिले पुरानो प्रचण्ड र ‘प्रचण्ड’पथ जाग्नुपर्ने बेला भएको धारणा राखे। ‘हामीलाई पुरानो प्रचण्ड जागेको हेर्न मन छ,’प्रचण्ड’पथ जागेको हेर्न मन छ,’ उनले भने।

केन्द्रीय सदस्य पौडेलले विधान सम्मेलन वा महाधिवेशनबाहेक अरुबेला संशोधन हुन नसक्ने खालको विधान बनाउन पनि सुझाव दिएका छन्।

पार्टी विधिमा चल्नुपर्ने बताउँदै उनले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर चाकडी गर्नेले बाहिर के गर्छ त्यो पनि हेरिनुपर्ने बताए।

‘बालुवाटार गएर चाकडी गर्नेले बाहिर के गर्छ,?बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ त्यो पनि हेरिनु पर्छ,’ पौडेलले भने।

Tags :
प्रतिक्रिया दिनुहोस