राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र पनि ल्याउन सक्छ : मन्त्री ज्वाला « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र पनि ल्याउन सक्छ : मन्त्री ज्वाला


२० श्रावण २०८०, शनिबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र पनि ल्याउन सक्ने बताएका छन् ।

समाजवादी इन्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरुलाई राजनीतिकरुपमा नै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनले भने ‘ राष्ट्र निमार्णको इञ्जिनियरिङ गर्ने जिम्मा तपाईँहरूको छ, विकासको रोड म्याप बनाउने जिम्मा छ, त्यसमाथि समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरु राजनीति रूपमा हामी सहयोग गरौँला त्यसको खाका तपाईँहरूले बनाउने हो । ’

मन्त्री ज्वालाले गुण भएको विचार र सिद्धान्त भएको लक्ष्य स्पष्ट छ, भने एउटा लक्ष्यमा पुग्न सहज हुने उल्लेख गर्दै राजतन्त्र ढाल्ने शक्तिले समाजवाद पनि ल्याउन सक्ने बताए । उनले आफूहरू यो आँटका साथ अभियानमा होमिएको बताए ।

उनले भने ‘ धेरै समस्या र चुनौतीहरूको बीचमा केही आशा दिने गरी सरकारले काम गरेको छ । भ्रष्टाचारीहरूको विरुद्धमा अभियान चलाएको छ, त्यसमा सफल हुन्छौ । जनतालाई सेवा सुविधा दिने प्रयासमा छौ । ’

मन्त्री ज्वालाले यातायात व्यवस्थामा पनि धेरै समस्याहरू रहेको चर्चा गर्दै त्यसको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले योजनाहरू समयमा सम्पन्न गर्न आग्रह गर्दै हरेक योजनामा प्रगति देखिनु पर्ने र गुणस्तर पनि हुनु पर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस