सरकारलाई दिएको समर्थन कायम राख्ने जनमतको निर्णय « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सरकारलाई दिएको समर्थन कायम राख्ने जनमतको निर्णय


१९ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सीके राउतले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताए ।

बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अभियान अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टीले आज शुक्रवार स्थानीय जनप्रतिनिधि सम्मिलित पार्टी समन्वय बैठक बोलाएको छ । बैठकमा वडाध्यक्ष, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस