निक साइमन्स इन्स्टिच्युटको २० हजार डलर पुरस्कारमा आकस्मिक लाभ कर छुट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निक साइमन्स इन्स्टिच्युटको २० हजार डलर पुरस्कारमा आकस्मिक लाभ कर छुट


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । निक साइमन्स इन्स्टिच्यूटले २० हजार अमेरिकी डलर बराबरको पुरस्कारमा आकस्मिक लाभ कर छुट पाएको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले यो संस्थालाई विश्व स्वास्थ्य सङ्गठनले सो रकम बराबरको पुरस्कार दिएको र सो सङ्गठनले पुरस्कार बापत सरकारलाई तिर्नुपर्ने आकस्मिक लाभ कर छुट दिने निर्णय गरेको हो ।

आकस्मिक लाभ कर आर्थिक ऐन २०८० अनुसार छुट दिने निर्णय भएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस