यस वर्ष पनि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्दै घोराही उपमहानगर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यस वर्ष पनि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्दै घोराही उपमहानगर


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । दाङको घोराही उपमहानगरपालिकाले यस वर्ष पनि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । घोराही उपमहानगरपालिकाले उज्यालो कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८०/८१ मा आँखाको निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरेको हो ।

विगत छ वर्षदेखि उज्यालो अभियानअन्तर्गत घोराही उपमहानगरपालिका र नेपाल नेत्रज्योति सङ्घ, राप्ती आँखा अस्पतालसँग सम्झौता भई मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया हुँदै आएको थियो । यस वर्ष पनि एक सय २५ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि सम्झौता भएको राप्ती आँखा अस्पतालले जनाएको छ ।

साझेदारी कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाले एसआईसीएस प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया गर्ने अस्पताललाई प्रतिव्यक्ति आठ हजार रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै सेवा प्रदायकले मोतियाबिन्दुको फेको प्रविधिबाट शल्यक्रिया गराउनुपरेमा भने उपमहानगरले थप पाँच हजार रुपैयाँ दिने सम्झौतामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस