पोखराका ३ परियोजनामा विश्व बैंकले ३ अर्ब लगानी गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पोखराका ३ परियोजनामा विश्व बैंकले ३ अर्ब लगानी गर्ने


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । पोखराका थप दुई परियोजनामा विश्व बैंकले लगानी गर्ने भएको छ ।

विश्व बैंकले नेपाल शहरी शासन र पूर्वाधार परियोजना (एनयूजीआईपी)अन्तर्गत बिरौटा-पुडिटार र लेखनाथचोक-डाँडाकोनाक-सिसुवा-खुदिखोला-गगनगौंडा सडक स्तरोन्नति गर्न लगानी गर्न लागेको पोखरा महानगरपालिकाले जनाएको छ ।

विश्व बैंकको सहयोगमा सन् २०२६ मार्च ५ भित्र सम्पन्न गर्ने गरी दुई परियोजना छनोट गरेको महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।

तीन परियोजना सम्पन्न भएपछि पोखरामा नमुना सडक बन्ने उनले दाबी गरे । तीन परियोजनामा विश्व बैंकले २५.६८ मिलियन अमेरिकी डलर अर्थात ९३ अर्ब ३७ करोड ९३ लाख १० हजार ८०८ रुपैयाँ लगानी गर्ने महानगरले जनाएको छ ।

निर्माणाधीन तालचोक-बेगनास सडकमा ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँ विश्व बैंकको लगानी हुनेछ । बिरौटा-पुडिटार सडक साढे १ अर्ब रुपैयाँ र लेखनाथचोक-डाँडाकोनाक-सिसुवा-खुदिखोला-गगनगौंडा सडक १ अर्ब रुपैयाँ लागतमा स्तरोन्नति हुनेछ ।

तालचोक-बेगनास सडकको ठेक्कासमेत लागेको छ । स्वच्छन्द सपना विश्ववाइड जेभी काठमाडौंले उक्त सडकको ठेक्का पाएको हो । हालै छनोट गरिएको २ परियोजना सर्वेक्षणका लागि प्राविधिक टोली खटाउने तयारीमा विश्व बैंक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस