कानुन सचिवमा दोहोरिए सापकोटा, गडतौला ‘सम्भावित’ मै सिमित ! « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कानुन सचिवमा दोहोरिए सापकोटा, गडतौला ‘सम्भावित’ मै सिमित !


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । रिक्त कानुन, न्याय तथा संसदीय मामिला सचिवमा उदयराज सापकोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सापकोटा दोस्रो पटक मन्त्रालयको नेतृत्व गर्दै गर्दा कानुन आयोगकी सचिव लीलादेवी गडतौलाले भने पहिलो महिला कानुन सचिव बन्ने ‘सम्भावित’ मै सिमित भएकी छिन् ।

तत्कालीन सचिव धनराज ज्ञवालीले साउन पहिलो साता अनिवार्य अवकाश लिएसँगै रिक्त रहेको मन्त्रालयको सचिवमा गडतौलाको चर्चा चले पनि पुनः सापकोटाले नै बाजी मारेसँगै गड्तौला आयोगमै सीमित हुन पुगेकी हुन् । सापकोटाले यसअघि पनि डेढ वर्ष मन्त्रालयको नेतृत्व गरिसकेका छन् । 

सम्बन्धित समाचार : कानुन सचिव ज्ञवालीले लिए अवकाश, पहिलो महिला कानुन सचिव बन्ने अवसर गड्तौलालाई

२०७७ कार्तिकमा सचिव बढुवा भएकी गड्तौलाको १३ महिना मात्रै बाँकी हुँदा पनि सरकारले पहिलो महिला कानुन सचिव बन्ने अवसरबाट वञ्चित गरेको उच्च महिला अधिकारीहरुको गुनासो गरेका छन् । 

‘आयोगमा बसेको अवधि(३ वर्ष)ले मात्रै होइन, स्वभाविक रूपमा पनि गड्तौला सचिवज्यूले नै अवसर पाउनु हुन्छ होला भन्ने लागेको थियो’, एक अधिकारीले अधिकारीले नाम उल्लेख नगरिदन अनुरोध गर्दै भनिन् , ‘तर सरकारले सापकोटा सरलाई काजमा पठाउनु भयो भन्ने सुन्नमा आयो’ 

त्यसै पनि निजामती नेतृत्वमा महिलाको संख्या अलि कम नै छ, त्यसमा पनि मुखैमा आएको अवसरबाटसमेत वञ्चित गरिँदा सरकार महिलाप्रति अझै अनुदार छ कि भन्ने महसुस हुने गरेको एक महिला सचिवको भनाई छ । ‘हाम्रो जस्तो समाजमा महिलाहरूलाई सचिवसम्म पनि पुग्न कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा कमैले आँकलन गर्छन्’, ती सचिवले भनिन्, ‘त्यसमाथि पनि नेतृत्व दिन सरकार नै अनुदार भइदिँदा अझै धेरै सङ्घर्षका दिन बाँकी छन् जस्तो लाग्छ’

Tags :
प्रतिक्रिया दिनुहोस