विधान संशोधन गर्ने माओवादी केन्द्रको निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विधान संशोधन गर्ने माओवादी केन्द्रको निर्णय


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले कमिटी विधान विपरीत भएकाले विधान संशोधन गर्ने निर्णय गरेको हो । 

पार्टी प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै बैठकले उक्त निर्णय गरेको बताए । 

‘आज विधान संशोधन गरेर कमिटीहरूमा थप केही महिला, समावेशी, केही युवा र छुटेका सिनियर साथीलाई ल्याउने भन्ने भएको छ । को ल्याउने भन्ने निर्णय भएको छैन ।’

उनले अहिले सरकार र पार्टीको कामकारबाहीको विषयमा पनि आफ्ना कुरा राख्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस