१ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने सरकार तयारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

१ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने सरकार तयारी


१६ श्रावण २०८०, मंगलबार


राष्ट्र बैंक

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा प्रथम त्रैमासबाट नै आन्तरिक ऋण परिचालन गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने बताएका थिए ।

सोही अनुसार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको क्यालेन्डर अनुसार आन्तरिक ऋण बोलकबोल तालिका सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षमा परिचालन गर्ने आन्तरिक ऋण मध्ये १ खर्ब १० अर्ब रुपैयाँ दोस्रो त्रैमास अगाडि पुस मसान्त भित्रै बोलकबोल गर्ने भएको छ ।

२ खर्ब ४० अर्ब आन्तरिक ऋणमध्ये ५५ अर्ब ट्रेजरी बिल मार्फत परिचालन हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै १ खर्ब ७९ अर्ब रुपैयाँ आन्तरिक ऋण विकास ऋणपत्रको बोलकबोल मार्फत, २ अर्ब ५० करोड नागरिक बचतपत्र मार्फत र ५० करोड वैदेशिक रोजगार बचतपत्र मार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये पुस मसान्तभित्र ट्रेजरी बिल बोलकबोल मार्फत १५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुँदा विकास ऋणपत्र मार्फत ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस