संघीय शिक्षा विधेयक संसदमा पठाउने सरकारको निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संघीय शिक्षा विधेयक संसदमा पठाउने सरकारको निर्णय


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । सरकारले संघीय शिक्षा विधेयक संसदमा पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मङ्गलवार साँझ बसेको बैठकले विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गर्नुको साथै विश्व वातावरण सुविधाबापत २० करोड अनुदान स्वीकृत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस