कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । कीर्तिपुर नगरपालिका-१, लहना थाम्बालमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय ६७ वर्षीया दिल कुमारी महर्जनको मङ्गलवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । लगत्तै उपचारका लागि कीर्तिपुर अस्पतालमा पुर्‍याइएपनि उपचारका क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस