पहिचानको आधारमा पुनः नामकरण गर्ने शर्तमा मात्रै कोशीमा जसपाले समर्थन दिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पहिचानको आधारमा पुनः नामकरण गर्ने शर्तमा मात्रै कोशीमा जसपाले समर्थन दिने


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले दिएको समय सीमा सकिन लाग्दा सत्ता गठबन्धनमा खटपट देखिएको छ ।

बहुमतको सरकार दाबी गर्ने समय सकिन डेढ घण्टा बाँकी रहँदा गठबन्धन घटक जनता समाजवादी पार्टीले आफ्नो शर्त अघि सारेपछि नेताहरू अलमलमा परेका हुन् ।

जसपा कोशीका एक नेताका अनुसार माओवादी र काँग्रेसकै बीचमा सरकार गठनका विषयमा कुरा नमिलेको बताइएको छ।

मुख्यमन्त्री को बन्ने भन्ने विषयमा काँग्रेस र माओवादीबीच नै विवाद रहेको उनको जिकिर छ ।

प्रदेशको पुन नामकरण पहिचानको आधारमा गर्ने विषयमा सरकारको नेतृत्व गर्ने दलहरूले प्रतिबद्धता नजनाएसम्म सरकारलाई समर्थन नदिने ती नेताले बताए ।

कोशी प्रदेशमा सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकार गठनको कसरतमा छ । तर, बाबुराम गौतमले अहिलेसम्म राजीनामा गरेका छैनन् । उनी अहिले काठमाडौँबाट विराटनगर जाँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस