भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


१६ श्रावण २०८०, मंगलबार


नेपाल आयल निगम

काठमाडौँ । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रुपैयाँ, डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

यस्तै मट्टितेल साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेको छ । खाना पकाउने ग्यासको मूल्य भने एक सय रुपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ ।

नेपालमा साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू भइसकेको छ । यस आधारमा भारतबाट बढेर आएको मूल्य यहाँ पनि बढ्ने र घटेर आएको मूल्य घट्ने निगमले जनाएको छ । आईओसीले हरेक १५(१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ ।

सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस