२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शरणार्थी शिविरमा झडप, एघार जनाको मृत्यु

अ+ अ-

बेरुत । दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ ।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल–हिल्वेहमा एउटा प्यालेस्टिनी गिरोह जन्द अल–शाम सङ्गठनले शनिबार फताह गुटका एक जना वरिष्ठ सदस्य र उनका चार अङ्गरक्षकको हत्या गरेको छ ।

जन्द अल–शाम र फताह नामक इस्लामवादी सङ्गठनबीचको द्वन्द्वले आइन अल–हिल्वेहमा तनाव बढेको शिविर नजिकैको एक निजी अस्पतालका प्रशासक रियाद अबो एलेइनले बताएका छन् । शिविर भित्रबाट गोलाबारीको आवाज आएन बन्द भएको छैन ।

प्यालेस्टाइनको राष्ट्रिय एकतातर्फ अघि बढ्ने प्रयासमा फताह र हमास जस्ता प्यालेस्टाइनका विरोधी सङ्गठनहरू इजिप्टमा मेलमिलाप वार्ताका लागि भेला भए पनि गाजा क्षेत्रमा शासन गर्ने इस्लामवादी सङ्गठन हमासले सन् २००७ मा प्यालेस्टिनी प्राधिकरणबाट तटीय क्षेत्र कब्जा गरेदेखि हिंसात्मक झडप रोकिएका छैनन् ।

सन् २०१७ मा प्रतिद्वन्द्वी गुटहरूबीचको द्वन्द्व रोक्न धेरै प्रयास भए पनि फताह र इस्लामवादी समूहहरू बीच धेरै महिनादेखि निरन्तर लडाइँ भयो भने त्यसमा परी २० जनाले ज्यान गुमाउनका साथै दर्जनौँ घाइते भएका थिए । प्यालेष्टिनी समूहले नै शिविरको सुरक्षा गर्ने भएकाले त्यहाँ लेवनानका सुरक्षाकर्मीको कुनै भूमिका हुँदैन ।