प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको विरोध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको विरोध


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । निर्माण व्यवसायीहरूले निर्माण यन्त्रहरू तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । मङ्गलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण व्यवसायीहरूले डोजर र अन्य निर्माण यन्त्रहरू सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

उनले सरकारले स्रोत नभएका योजनाहरूको म्याद एक वर्ष थप गर्ने भने पनि भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण व्यवसायीहरूलाई काममा फर्काउनका लागि ठोस कार्ययोजना बनाई माग सम्बोधन गर्नुपर्ने बताए । सम्झौता गरेका माग कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुस्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस