१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्ने आज अन्तिम दिन

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको आदेश अनुसार कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री दाबी गर्न दिएको समय आज(मंगलबार)सकिँदै छ ।

प्रदेश प्रमुख खापुङले साँझ ५ बजेसम्म संविधानको धारा १६८को २ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।तर, अहिलेसम्म नयाँ मुख्यमन्त्रीको टुंगो लागि सकेको छैन ।

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई साथमा लिगेर मुख्यमन्त्रीसहित कोशी प्रदेशमा सरकार गठनको प्रयास जारी राखेको छ । एमालेले पनि राप्रपालाई नै विश्वासमा लिगेर संविधानको धारा १६८को ३ अनुसार प्रदेशसभाको ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने तयारी गरेको छ ।

राप्रपाको समर्थन पाउने विश्वाशिलो आधार नपाएपछि सत्ता गठबन्धनमा रहेका दलहरूले सभामुख बाबुराम गौतमलाई राजीनामा गरेर भए पनि मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन् । तर, गौतमले सभामुखबाट राजीनामा गरेपछि आफै मुख्यमन्त्री हुनुपर्ने अडान राख्दा सहमति जुट्न सकेको छैन । दलहरूले साँझ ५ बजेसम्म मुख्यमन्त्री दाबी गर्न कोशी प्रदेशमा मात्र होइन काठमाडौंमा पनि छलफललाई तीव्र बनाएका छन् ।

कोशी प्रदेशसभामा एमाले ४० कांग्रेस २९, माओवादी केन्द्र सभामुखसहित १३, राप्रपा ६ नेकपा एकीकृत समाजवादी (नेकपा एस) ४ र जनता समाजवादी पार्टी (जसपा) १ गरी ९३ सदस्य छन् । सरकार गठनका लागि बहुमत पुर्‍याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । सभामुखसहित गठबन्धनमा ४७ सांसद छन् ।

सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वमा असर २१ गते गठन भएको कोशी प्रदेश सरकार बदर गरिदिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापा नेतृत्व सरकार बदर गर्दै साताभित्र पुनः बहुमतको सरकार गठन प्रक्रियाअघि बढाउन परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस