२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय पशुहरूमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताएका छन् । कृषि तथा पशुपंक्षी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।  

लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरूमा लागेको रोगको विषयमा भएको कुराको प्रचार-प्रसार नभएको समेत बताए ।

लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो रोग यसअघि देखिएका छिमेकी देशहरूबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको  बताए  । 

प्रधानमन्त्री प्रचण्डले भने, ‘छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरूमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौँ र छति पनि ।’

आगामी दिनमा पनि यी र यस्तै समस्या आउन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीले बैठकमा भने, ‘अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौँ, आगामी दिनमा पनि यी र यस्ता समस्या आउन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउने तर्फ ध्यान दिऔँ र सोही अनुसार योजना बनाऔँ ।’  

चीन र भारतको प्राक्टिस र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि गोट पक्स भ्याक्सिन लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा सङ्घ,प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताए ।

लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘गाई भैँसी पाल्ने किसान गरिब र निम्न वर्गका नै हुन्छन् लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठुलो समस्यामा पारेको छ । किसानहरूलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ ।’

किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रूपमा गोट पक्स भ्याक्सिन सङ्घ,प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उनले कृषि मन्त्रालयलाई निर्देशन समेत दिए । 

लम्पी स्किन रोग नियन्त्रणका लागि खोप को प्रयोगसँगै जनचेतना जगाउन प्रचारप्रसार गर्ने, पशु आहारमा ध्यान दिनेबारे पनि किसानहरूमा सचेतना फैलाउन जोडिनुपर्ने प्रधानमन्त्रीको भनाई थियो । 

उक्त छलफलमा प्रधानमन्त्री, कृषि तथा पशुपंक्षी मन्त्री वेदुराम भुसाल, योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल,गणेश पाण्डे,रामप्रसाद थपलिया कृषि मन्त्रालयका पशुपन्छी तर्फका सचिव दीपककुमार खराल,सोही मन्त्रालयका कृषि तर्फका सचिव गोविन्द शर्मा, नेपाल प्रहरीका आइजी वसन्त कुँवर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस