एमालेको संसद् अवरोध गर्ने अडानपछि प्रतिनिधि सभा बैठक स्थगित « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

एमालेको संसद् अवरोध गर्ने अडानपछि प्रतिनिधि सभा बैठक स्थगित


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । सोमबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राखेपछि बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक मङ्गलवार १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि पहिले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान एमालेले राखेको थियो । उच्चस्तरीय समिति गठन नगरी संसद् चलाउन खोजेमा बेल घेराउ गर्ने र संसद् चल्न नदिने जानकारी एमालेले सभामुखलाई सोमबार मध्यान्ह दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस