‘भ्रष्टाचार र तस्करीकाविरुद्धको कदम रोकिदैन्’: प्रधानमन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘भ्रष्टाचार र तस्करीकाविरुद्धको कदम रोकिदैन्’: प्रधानमन्त्री


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरोधी, बेथिति र विसंगतिविरुद्ध लडाइँ सुरु गरेपछि गठबन्धनमा फाटो पार्ने कसरत भएको बताएका छन् । तर भ्रष्टाचार र तस्करीकाविरुद्ध जेहाद छेड्ने कदम नरोकिने प्रधानमन्त्रीले स्पष्ट पारे ।

समाजवादी मोर्चामा आबद्ध पार्टी निकटका विद्यार्थी सङ्गठनहरूले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यो राजनीतिक स्टन्ट नभएको बताए ।

समाजवादी मोर्चाका नेताहरूका बीचमा पनि भ्रम सिर्जना गर्ने र आशङ्का उत्पन्न गर्ने षड्यन्त्र भइरहेको भन्दै दाहालले एकताबद्ध भएर षड्यन्त्रलाई परास्त पार्ने बताए । ‘हामीले भ्रष्टाचारविरोधी या बेथिति र विसंगतिविरुद्धको लडाइँ सुरु गरेपछि गठबन्धनमा फाटो पार्न, समाजवादी मोर्चा बनिसकेपछि समाजवादी मोर्चाका नेताहरूबीच पनि भ्रम सिर्जना गर्ने, आशङ्का उत्पन्न गर्ने अनेक खालका कसरतहरू भइराखेका छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘हामी ती सबै षड्यन्त्रहरूलाई परास्त गर्दै हाम्रो आफ्नो एकतालाई अझ बलियो पार्दै एक अर्काप्रतिको विश्वासको धरातललाई अझ बलियो बनाउँदै अगाडि बढ्नेमा दृढ छौँ ।’

उनले अहिले भ्रष्टाचारविरोधी या राज्यका सम्पत्ति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने जो बेथितिविरुद्ध या तस्करीविरुद्ध एउटा जेहाद छेडिएको बताए । ‘म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु, यो कदम यहीँ रोकिनेवाला छैन । यो कदम निरन्तर अगाडि बढ्नेवाला छ‚ ‘प्रधानमन्त्री दाहालले भने । 

Tags :
प्रतिक्रिया दिनुहोस