२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोर्डद्वारा हरित बण्डका लागि नीतिगत व्यवस्था गर्ने घोषणा

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हरित बण्ड लगायतका नवीन वित्तीय औजार निष्कासनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने घोषणा गरेको छ ।

बोर्डले आर्थिक वर्ष २०८०-८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हरित बण्ड लगायतका नवीन वित्तीय औजार निष्कासन गर्न आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गर्ने घोषणा  गरेको हो ।

यस्तै विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूका लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरूमा आवश्यक संशोधन तथा परिमार्जन विषयले बोर्डको नीति तथा कार्यक्रममा निरन्तरता पाएको छ ।

बोर्डले धितोपत्र व्यवसायीका लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने बताएको छ । साना तथा मझौला कम्पनीको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली तयारी गरी कार्यान्वयनमा ल्याउन घोषणा गरेको छ । बोर्ड नियमावलीको मस्यौदा तयार गरेर सरोकारवालाको सुझाव समेतको आधारमा नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।

यस्तै वस्तु विनियम बजारका लागि आवश्यक कम्पनी स्थापना गर्न बोर्डले गत आर्थिक वर्षको असोजमा नै आवेदन मागे पनि त्यसको प्रक्रिया अगाडि बढ्न सकेको छैन । यसअगाडि २ पटक माग गरेको आवेदन खारेज भएपनि तेस्रो पटक बोर्डले आवेदन माग गरेको थियो । तर, तेस्रो पटकको आवेदन माग गरेको १ वर्ष पुग्न लागेको छ । चालु आर्थिक वर्षको बोर्डको नीति तथा कार्यक्रममा पनि पनि वस्तु विनियम बजार स्थापन गर्ने विषयले स्थान पाएको छ ।

‘वस्तु विनियम बजार सम्बन्धी वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्यौट, वेयर हाउस सम्बन्धमा आवश्यक नीति नियम तथा निर्देशिका तर्जुमा गरिनेछ,’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।