दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक खण्ड « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक खण्ड


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । चितवनको मुग्लिन-नारायणगढ सडक-खण्डमा पुनः दुईतर्फी सञ्चालनमा आएको छ। पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको भएको थियो।

इच्छाकामना गाउँपालिका-६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक पन्छाएपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

आइतबार दिउँसो करिब ३ बजेदेखि दुईतर्फी नै यातायातका साधन सञ्चालन गराइएको सो कार्यालयले जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस