नेप्से दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेप्से दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६.१४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ।

विभिन्न दुई सय ६६ वटा कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर ४६ हजार तीन सय २७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५० करोड २८ लाख ८६ हजार पाँच सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

म्युचुअल फन्ड शून्य दशमलव ०४ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूह दुई सय १० दशमलव ३७ अङ्क र जीवन बीमा समूह एक सय ८८ दशमलव १८ अङ्कले घटेको छ।

आज बैंकिङ सात दशमलव ९८, विकास बैंक ५९ दशमलव १६, वित्त ४३ दशमलव ६५, होटेल तथा पर्यटन एक सय २० दशमलव ८२ र जलविद्युत् ३३ दशमलव ६५ अङ्कले घटेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस