ऋणीको घरजग्गा कब्जा र बलात्कार आरोपी मालीविरुद्ध जाहेरी दर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ऋणीको घरजग्गा कब्जा र बलात्कार आरोपी मालीविरुद्ध जाहेरी दर्ता


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । ५ लाख ऋण दिएर ६५ लाख रुपैयाँको तमसुक बनाएर एक महिलाको घरजग्गा कब्जा र जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुर्जमान मालीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरमा पुगेर पीडितले मालीविरुद्ध मानवबेचबिखन तथा ओसारपसार ऐन, २०६४ विरुद्धको कसुरमा किटानी जाहेरी दिएको ललितपुरले जानकारी दिएको छ । 

प्रहरीका अनुसार, पीडितले मालीसँगै धापाखेलका उमेश शाहीविरुद्ध पनि जाहेरी दिएकी छन् । 

मालीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुर हाजिर गराएर आइतबार हिरासतमा राख्न अनुमति लिने तयारी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस