२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक जना व्यक्तिको लागि विधान परिवर्तन गर्न सकिँदैन : पूर्णबहादुर खड्का 

अ+ अ-

काठमाडौँ । रक्षामन्त्रीसमेत रहेका काँग्रेस उप सभापति पूर्णबहादुर खड्काले, महामन्त्री गगन थापाले चाहेको जस्तो विधान संशोधन गर्न नसकिने प्रस्ट पारेका छन् । 

शनिबार प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले गगन लक्षित व्यङ्ग गर्दै व्यक्तिको लागि विधान परिवर्तन गर्न नसकिने बताएका हुन् । 

सङ्गठनको काममा बाधा आउने विषयमा भने विधान परिवर्तन गरेर बाधाअड्काउ फुकाएर जाने सकिने उनको तर्क छ । ‘जिल्ला,क्षेत्र र प्रदेश सम्मेलनबाट पार्टीमा आउने सुझावलाई एकीकृत गर्दै हामी मंसिरमा नीति अधिवेशनको रुपमा महासमितिको बैठक गर्ने निर्णय भैसकेको छ ।’ उनले भने ‘त्यो नीति अधिवेशनबाट तत्काल कहाँ कहाँ केके सुधार गर्नुपर्छ आएका सुझावलाई एकीकृत गर्दै संशोधन र सुधारलाई नीति अधिवेशन मार्फत अगाडि लैजान्छौँ,’ खड्काले भने । 

व्यक्तिका लागि विधान परिवर्तन गर्ने नभई आवश्यकताको आधारमा निर्णय हुने उनको तर्क छ । ‘यिनै विभिन्न बैठक र सम्मेलनहरुमार्फत तत्काल सम्बोधन गर्नुपर्ने जसले गर्दा काम गर्न  र सङ्गठन विस्तार गर्न  रोकिएको छ, व्यक्तिका लागि विधान परिवर्तन गर्ने होइन । भएको सङ्गठन विस्तारमा काम गर्ने, निर्णय गर्ने कुरामा अप्ठेरो, समस्या छ भने ती कुरालाई सुधार गर्न विधान संशोधन गर्न सुझावको माग गर्दछु ।’  उनले भने । 

उनले, साउन भित्रमा पार्टीको भातृ सङ्गठनहरूको गठन,विस्तार सँगै पार्टीको विभिन्न विभाग, तथा कमिटीहरूको विस्तारलाई तिव्र रुपमा अगाडि बढाउने बताए । 

खड्काले भने, ‘पार्टीको भातृ संस्थाहरूलाई जुन रुपमा अगाडि लिएर जानुपर्ने थियो त्यो रुपमा लिएर जान सकेको छैनौँ  । त्यो केन्द्रको कमजोरी हो । जिल्लाको, क्षेत्रको, नगरको कसैको पनि कमजोरी होइन । भातृ सङ्गठन विघटन गा¥यौँ तर समयमै भातृ संस्थाहरुको गठन गर्न सकेनौ, गरेनौँ । त्यो कारणले भातृ संस्थाको सङ्गठन विस्तारमा अप्ठ्यारो पर्‍यो । हाल भातृ संस्थाको गठन प्रक्रियालाई अगाडि बढाएका छौँ । नेवि सङ्घ चाँडै घोषणा हुदैछ । बाँकी भातृ संस्थाहरूलाई अझ विस्तार गर्ने,जोड्ने, थप्ने कुराहरु तिव्र गतिमा अगाडि बढाएका छौँ । पार्टीका विभाग र सबै तहका कमिटिहरु विस्तार गर्ने अभियानलाई अगाडि बढाएर यो साउन महिनामा गति दिन हामी जुटेका छौँ ।’

साउन भित्रै काँग्रेसको नेपाल विद्यार्थी सङ्घ लगायतका विभिन्न भातृ संस्था,विभाग तथा कमिटिको गठन ,विस्तार र क्रियाशील गराउने प्रक्रियालाई अगाडि बढाउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस