इटालीलाई हराउँदै स्वीडेन फिफा महिला विश्व कप २०२३ को नकआउट चरणमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इटालीलाई हराउँदै स्वीडेन फिफा महिला विश्व कप २०२३ को नकआउट चरणमा


१३ श्रावण २०८०, शनिबार


काठमाडौँ । फिफा महिला विश्व कप फुटबलमा स्वीडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

आज भएको खेलमा इटालीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै स्वीडेनले एक खेल अगावै प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

समूह ‘जी’ मा रहेका स्वीडेनको ६ अङ्क भएको छ भने इटालीको ३ अङ्क मात्रै छ । यो समूहमा दक्षिण अफ्रिका र अर्जेन्टिनाको सामान एक/एक अङ्क रहेको छ । समूह ‘जी’ बाट अब ३ मध्ये एक टिमले अन्तिम १६ मा स्थान पक्का गर्ने छ।

आजको खेलमा स्वीडेनका लागि अमान्डा इलिस्टेडले दुई गोल गर्दा फ्रिडोलिना रोल्फाे, एम्मा स्टिना ब्लेकस्टेनियस, रेबेका मारिया ब्लोमक्विस्टले एक/एक गोल गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस