रास्वपा भक्तपुर नगरको सभापतिमा राजेश « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रास्वपा भक्तपुर नगरको सभापतिमा राजेश


१३ श्रावण २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भक्तपुर नगर समिति गठन भएको छ । राजेश शिल्पकारको सभापतित्वमा ११ सदस्यीय नयाँ नगर समिति गठन भएको हो। समितिको उपसभापतिमा राजेश मारिखू, सचिवमा सञ्जीव प्रजापति र कोषाध्यक्षमा सुमित्रा श्रेष्ठ चुनिएका छन्।

आज भएको नगर समिति गठन तथा घोषणा सभा कार्यक्रमबाट भक्तपुर नगर समिति गठन भएको हो। सभापति रवि लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार विशेष अतिथि रहेका थिए।

पार्टीको भक्तपुर जिल्लाका तीन वटै नगरपालिकाहरु सूर्यविनायक, चाँंगुनारायण र मध्यपुर थिमिमा नगर समितिहरु गठन भइसकेका छन्। यसअघि जिल्ला समिति पनि गठन भइसकेको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस