रास्वपामा जोडिनु भनेको उम्मेदवार बनिहाल्नु होइन : रवि लामिछाने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रास्वपामा जोडिनु भनेको उम्मेदवार बनिहाल्नु होइन : रवि लामिछाने


१३ श्रावण २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाका जोडिने बित्तिकै २०८४ को लागि उम्मेदवार बनी हाल्ने बताएका छन् । रास्वपा सिन्धुली –काठमाडौँ सम्पर्क विभागको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

रास्वपाका अहिले जोडिनु भनेको उम्मेदवार बनिहाल्नु नभएको उनले बताए । उनले असल साथीहरूलाई पार्टीमा जोड्ने अभियानलाई मिसन २०८४ भनिएको समेत प्रस्ट पारे ।

उनले भने, ‘ विभिन्न घटनालाई लिएर पार्टीप्रति प्रश्न उठेको छ । यो समाजले जन्माएर हुर्काएर ल्याएको मानिसहो । मानिसहरूले कुन राजनीतिक संस्कार सिक्यो हामी भन्न सक्दैनौँ । त्यही राजनीतिक संस्कारबाट आएका पुराना नयाँ साथीहरूबाट यस्ता किसिमका क्रियाकलाप हुन सक्लान् । तर खबरदार हामीलाई जानकारी पाउने वितिकै घटनाको समाचार छापिनुअघि कारबाही भइसकेको हुनेछ । पार्टीलाई यसमा प्रस्ट निर्देशन छ । पार्टीसँग खराब हृदय भएका मानिसहरू फाल्न सक्ने तागत छ । पार्टीमा को आउनुहुन्छ को आउनुहुन्छ त्यो भन्न सक्दिन यो एउटा भेल हो । यहाँ धेरै मानिसहरू आउन सक्छन् र खराब पात्रहरू आउन सक्छन् असल पात्रहरू पनि आउन सक्छन् । हामीलाई २०८४ सालसम्म हेर यिनीहरूको यो पनि घटना त्यो पनि घटना त्यहाँ कुटाकुट भयो मारामार भयो भन्ने घटनाहरू ल्याएर उनीहरू उस्तै हुन भन्ने भाष्य सिर्जना गर्न खोजिँदै छ । त्यसका लागि चनाखो हुनुपर्नेछ । ’

Tags :
प्रतिक्रिया दिनुहोस