रक्षामन्त्री खड्काद्वारा मध्य एयर वेशको भ्रमण « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रक्षामन्त्री खड्काद्वारा मध्य एयर वेशको भ्रमण


१२ श्रावण २०८०, शुक्रबार


काठमाडैँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौचरस्थित सैनिक हवाई सेवा अन्तर्गत श्री मध्य एयर वेशको निरीक्षण भ्रमण गरेका छन् । 

आज उनलाई मध्य एयर वेशमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले स्वागत गरेका थिए । 

मन्त्री खड्कालाई सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थिति लगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराएका थिए । सोही अवसरमा मन्त्रीले मध्य एयर वेशमा रहेका सैनिक हवाई साधन तथा अन्य महत्त्वपूर्ण उपकरणहरूको अवलोकन गरे  । 

सो अवसरमा मन्त्री खड्काले सैनिक हवाई सेवाबाट विपद् उद्धार, विकास निर्माण लगायतका क्षेत्रहरूमा सम्पादन भएका कार्यहरूको उच्च प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोबलका साथ कार्य गर्न निर्देशन समेत दिए ।

मन्त्रीको अध्यक्षतामा नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २५ औँ बैठक समेत सम्पन्न भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस