झुन्डिएको अवस्थामा मृत भेटिए नेपाली शान्ति सैनिक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

झुन्डिएको अवस्थामा मृत भेटिए नेपाली शान्ति सैनिक


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा तैनाथ एक जना नेपाली सैनिक मृत भेटिएका छन्।

दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय मिसन (यूनमिस) मा तौनथ शेर गण बाह्रौँ डफ्फामा कार्यरत अमल्दार रामबहादुर बाँठा बिहीबार मृत भेटिएका हुन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो।

जाजरकोटको खलङ्गा गाउँपालिका-६ निवासी अमल्दार बाँठा उक्त शान्ति सेना गण तैनाथ दक्षिण सुडानको रूम्बेकस्थित गण हेडक्वार्टरमा रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

हाल उनको शव पोष्टमर्टमको प्रक्रिया तथा अनुसन्धानका क्रममा रहेको र पोष्टमर्टमपश्चात् स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस