न्याम्सको आङ्गिक अस्पतालमा थपिए भेरी र भरतपुर अस्पताल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

न्याम्सको आङ्गिक अस्पतालमा थपिए भेरी र भरतपुर अस्पताल


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालमा भेरी र भरतपुर अस्पताल थपिएका छन् ।

गत चैतको मन्त्रिपरिषद्को बैठकले भेरी र भरतपुरलाई पनि आङ्गिक अस्पतालमा विस्तार गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार अबदेखि भेरी र भरतपुरमा पनि एमडी, एमएस लगायतका शैक्षिक कार्यक्रमहरू पठनपाठन हुनेछन् ।

यसभन्दा अगाडि न्याम्स अन्तर्गत ९ वटा अस्पतालले सम्झौता गरेर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । जसमा शहीद गङ्गालला राष्ट्रिय हृदयरोग केन्द्र, कान्ति बाल अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, मानसिक अस्पताल पाटन, सिभिल अस्पताल छन् ।

त्यसैगरी, नेपाल आँखा अस्पताल, तिलगंगा आँखा अस्पताल, रण अम्बिका आँखा अस्पताल र विराटनगर आँखा अस्पतालले न्याम्ससँग सम्झौता गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस