प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत रंजिता झासहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

बाटो ढलानको कार्य गर्दा कमसल सामाग्रीहरू प्रयोग गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई रकम हिनामिना गरेको आरोपमा पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ५ जनावि आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

गाउँपालिकाको वडा नम्बर १ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पी.सी.सी. ढलान कार्यमा नभए/नगरेको कार्यलाई बढी काम भएको नापी किताब तयार पारी बढी मूल्याङ्कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई बढी रु. १ लाख अठचालीस हजार नौ सय दश रुपैयाँ भुक्तानी दिई सरकारी रकममा हानिनो-क्सानी पुर्‍याएको अख्तियारको दाबी छ । 

अख्तियारको प्रवक्ता भोला दाहालका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) (ग) र (ङ) बमोजिमको कसुरमा एक लाख अठचालीस हजार नौ सय दश रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन र सोही दफा बमोजिम बिगो असुल हुनसमेत मागदाबी लिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस