मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । 

‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयकले कानुनी रूप लिएको छ । अब राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ ।

विधेयक प्रतिनिधि सभाले गरेको संशोधन स्वीकारसहित राष्ट्रियसभा बैठकले हिजो सर्वसम्मतिले पुनः पारित गरेको थियो । त्यसपछि राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।

विधेयकमा कम रकम दिई बढीको लिखत बनाउने, रकम नै नदिई लिखत बनाउने, आपसी लेनदेनको ब्याजलाई मूल ऋणमा जोड्ने तथा त्यस्तो लेनदेनका आधारमा चलअचल सम्पत्ति हडप्नेहरूलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था गरिएको छ । यसअघि सरकारले ल्याएको अध्यादेश खारेज भएपछि संसदमा फास्ट ट्रयाकबाट विधेयक पास गरिएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस