२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ आवको पहिलो १० दिनमा खर्चभन्दा आम्दानी झण्डै २ अर्ब बढी

अ+ अ-

काठमाडौँ । नयाँ आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो १० दिनमा सरकारको खर्चभन्दा आम्दानी केही बढी देखिएको छ ।

१० साउनसम्म सरकारले राजस्व र अन्य आम्दानीबाट १४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अवधिमा खर्च भने १२ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ भइसकेको छ ।

यो अवधिमा राजस्वबाट सरकारले १० अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । अन्य आम्दानी ३ अर्ब ५८ करोड रुपैयाँ भएको देखिन्छ ।

खर्चतर्फ १० दिनमा चालु प्रकृतिको खर्च ५३ करोड ६४ लाख रुपैयाँ भएको छ । पुँजीगत खर्च अझै सुरु भइसकेको छैन ।

वित्तीय व्यवस्थामा भने सुरुवातमै १२ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ । यो कुल लक्ष्यको ३।६६ प्रतिशत खर्च हो ।

चालु आवमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

अर्थ मन्त्रालयले यस वर्ष बजेट कार्यान्वयन बनाउन भन्दै मन्त्रालयहरूलाई तोकिएको समय सीमाभित्र बजेट खर्च गर्न निर्देशन दिइसकेको छ ।

अर्थले कात्तिक मसान्तभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी त्यसको १५ दिन भित्र काम सुरु गर्न भनेको छ ।

अर्थ मन्त्री डा. प्रकाशशरण महतले काम सम्पन्न भएर भुक्तानीका लागि आएका बिल अर्थबाट बढीमा १५ दिन भित्र पास गरी पठाइने प्रतिबद्धता व्यक्त गरेका छन् । यस पटक असारे खर्च हुन नदिने उनको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस