नीतिगत दर घटाउनु नै मौद्रिक नीति लचिलो भएको संकेत : कार्यकारी निर्देशक श्रेष्ठ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नीतिगत दर घटाउनु नै मौद्रिक नीति लचिलो भएको संकेत : कार्यकारी निर्देशक श्रेष्ठ


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो रिभ्युमार्फत मौद्रिक नीतिलाई लचिलो बनाउन थालेको र चालू आर्थिक वर्षमा पनि त्यो क्रमलाई निरन्तरता दिएको बताएका छन् ।

उनले त्यसबेला बैंक दरलाई एक प्रतिशतले घटाएर नीतिगत सहजता सुरु गरेको बताए ।

यसका साथै फ्लोरको दरलाई पनि एक प्रतिशतले घटाएर मौद्रिक नीतिलाई लचिलो बनाइएको उनको भनाइ छ ।

‘दरहरू घटाउनु नै मौद्रिक नीति लचिलो हुँदै छ भन्ने सन्देश हो,’ त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

निजी क्षेत्र तर्फको कर्जाको लक्ष्य कम गरिए पनि त्यो बजारमा हुने माग र आपूर्तिमा निर्भर गर्ने उनले बताए । त्यसो हुँदा राष्ट्र बैंकको नीतिगत अडान नीतिगत दरमा देखिने उनको भनाइ छ ।

यद्यपि, ब्याजदर धेरै कम नहोस् भन्नेमा राष्ट्र बैंक सचेत रहेको उनले बताए ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले अमेरिकी तथा बेलायती केन्द्रीय बैंकहरुले अझै पनि मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै ब्याजदर बढाइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस