२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पनौतीमा पर्यटक सूचना केन्द्र

अ+ अ-

काभ्रे । काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्त्विक नगर पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ ।  पनौती पर्यटन विकास केन्द्रको १५ औँ स्थापना दिवसका अवसरमा सम्पदा क्षेत्र अवस्थित ७ नं वडामा केन्द्रको स्थापना गरिएको हो । 

बाग्मती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले एक कार्यक्रम बीच बिहीबार उक्त केन्द्रको कार्यालय उद्घाटन गरे ।  उनले पनौतीलाई धार्मिकरुपमा चिनाउन, पर्यटकको आगमनलाई वृद्धि गराउन, धार्मिक पर्यटकको बसाई लम्ब्याउन आवश्यक रहेको बताउँदै पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रियामा सहयोग गर्ने बताए । 

सूचना केन्द्रमार्फत पर्यटकलाई पनौती क्षेत्रभित्रका पर्यटकीयस्थलको परिचय दिई घुम्न जाने सवारी साधनको व्यवस्थापन, पनौती आएका पर्यटकलाई पर्ने समस्यालाई सहज बनाउने तथा सुरक्षासमेत प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । यस्तै केन्द्रमा पनौतीको सम्पूर्ण पर्यटकीय सूचनालाई व्यवस्थित बनाइने जनाइएको छ । 

सो अवसरमा पनौती नगर प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्रका पर्यटकीयस्थलको विकास, संरक्षण र संवर्द्धनका लागि निरन्तर कार्य भइरहेको बताए । नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले पनौतीको विकास र समृद्धिमा पर्यटन क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

पनौतीलाई धार्मिकरुपले परिचित गराउन भएका प्रयासलाई संस्थागत गरी पटकपटक पर्यटकको आगमन हुने गरी स्थानीयस्तरबाट हुनसक्ने सम्भावनालाई अघि बढाउँदै जाने लक्ष्य लिइएको केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताए । उनका अनुसार पनौती बजार प्रवेश गरेपछि यहाँको संस्कृति र सभ्यताका बारेमा पर्यटकले राखेको चासोलाई सूचना केन्द्रले पूरा गर्न सकोस् भन्ने उद्देश्य राखिएको छ । पनौतीको दिगो विकासका लागि पर्यटन सूचना केन्द्रले थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ । 

पनौती पर्यटन विकास केन्द्रले यसअघि एक सय आठ प्रकारका कार्यक्रम गरेको उल्लेख गर्दै संस्थापक अध्यक्ष सुरेश सैंजुले पनौतीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन स्थापित केन्द्रमार्फत थप सहयोग पुग्ने बताए ।  पर्यटन विकास केन्द्रलाई पनौती नगर कार्यालयले बर्षेनी आर्थिक सहयोग गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस