प्रधानसेनापति शर्मासँग दक्षिण कोरियाली राजदूतले गरे भेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानसेनापति शर्मासँग दक्षिण कोरियाली राजदूतले गरे भेट


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच भेटवार्ता भएको छ।

उनीहरुबीच बिहीबार सैनिक मुख्यालय जंगीअड्डामा शिष्टाचार भेट भएको हो।

भेटमा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस