कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएको छन । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर गरेसँगै उनी पदमुक्त भएका हुन् । 

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।

२१ असारमा काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस