राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा स्मृति पुरस्कार प्रदान  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा स्मृति पुरस्कार प्रदान 


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ।

एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरे। 

भीमसेन थापाको २४९औँ जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मङ्गलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिएको हो। 

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले देशका प्रतिभालाई बाहिर जान नदिने उद्देश्यप्रति सरकार प्रतिबद्ध रहेको बताए। उनले सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रूपमा सञ्चालन गर्न आवश्यक कानुन संसदमा लैजाने तयारीमा रहेको पनि बताए। 

यस्तै, उनले यसअघि महावीर पुनसँग भएको सहमति कार्यान्वयनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको पनि जानकारी दिए। 

Tags :
प्रतिक्रिया दिनुहोस