सुरक्षा नीतिबारे सरकारसँग छलफल गर्ने संसदीय समितिको निर्णय   « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सुरक्षा नीतिबारे सरकारसँग छलफल गर्ने संसदीय समितिको निर्णय  


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय सुरक्षा नीतिबारे सरकारसँग छलफल गर्ने निर्णय गरेको छ ।

समितिका अनुसार सुरक्षा विज्ञहरूसँग विभिन्न चरणमा गरेको छलफलका आधारमा सरकारसँगै छलफल गर्ने निर्णयमा पुगिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्सँग समेत छलफल गर्ने समितिको तयारी छ । मन्त्री र अधिकारीहरूको समय ख्याल गरेर बैठक राखिने जनाएको छ । 

मङ्गलवार पनि समितिले सुरक्षा क्षेत्रका जानकार र पूर्व प्रशासकहरूसँग छलफल गरेको थियो । उनीहरूले राष्ट्रिय सुरक्षा नीतिको व्यवहारिक कार्यान्वयनमा जोड दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस