‘एक्लै चुनाव लड्न सक्छौँ भन्ने आँट गरौँ’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘एक्लै चुनाव लड्न सक्छौँ भन्ने आँट गरौँ’


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आगामी आम निर्वाचनमा एक्लै लड्ने आँट गर्नुपर्ने बताएका छन् ।

४४औँ विपी जयन्तीको अवसरमा मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले निर्वाचन प्रणालीका कारण चुनावमा नभएर चुनावपछि गठबन्धन गर्नुपर्ने बताए ।

“अब आउने आम निर्वाचनहरूमा गठबन्धनमा त हामी जानैपर्छ । यही निर्वाचन प्रणालीबाट पनि गठबन्धनमा जानुपर्छ । यस्तो निर्वाचन प्रणाली बनाएका छौँ कि गठबन्धनबिना जान सक्दैनौँ,” उनले भने, “तर, प्रि पोल अलायन्स गरेर होइन । पोस्ट पोल अलाइन्स गरेर हामी जानुपर्छ ।”

उनले एक्लै चुनावमा जाँदा एउटा दिशामा पार्टी जाने विश्वास व्यक्त गरे ।

“हामी एक्लै चुनाव लड्न सक्छौँ भन्ने आँट आजदेखि अहिलेदेखि हामीहरू गरौँ आगामी निर्वाचनहरूमा काँग्रेसले एउटा दिशा लिन्छ भन्ने विश्वास छ,” कोइरालाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस