महानगरले गर्‍यो अनुमतिविना सञ्चालित धार्मिक महोत्सवमा अवरोध « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

महानगरले गर्‍यो अनुमतिविना सञ्चालित धार्मिक महोत्सवमा अवरोध


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शङ्खमुलको दोभानमा सञ्चालन भइरहेको ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध गरेको छ ।

सार्वजनिक स्थलमा अनुमति विना धार्मिक महोत्सव सञ्चालन गरेको सूचनाको आधारमा महानगर नगर प्रहरीको टोली शङ्खमुल पुगेको थियो ।

अनुमति विना हो-हल्ला हुनेगरी धार्मिक कार्यक्रम भइरहेको भन्ने गुनासो आएपछि कार्यक्रम नगर्न आयोजकलाई निर्देशन दिइएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरीको अवरोधका कारण केही घण्टा धार्मिक महोत्सव प्रभावित बनेको थियो ।

आयोजकले वडा कार्यालयमार्फत अनुमति लिएरै भएपनि धार्मिक महोत्सवलाई निरन्तरता दिने अडान राखेको थियो । सोही अडान बमोजिम आयोजक समिति वडा कार्यालयमा अनुमति लिन गएपछि महानगरको टोली फर्किएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस