मोटरसाइकल दुर्घटनामा सरकारी कर्मचारीको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोटरसाइकल दुर्घटनामा सरकारी कर्मचारीको मृत्यु


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परि एक सरकारी कर्मचारीको मृत्यु भएको छ।

फिदिम-२ साम्दिनबाट फिदिम बजारतर्फ आउँदै गरेको प्रदेश ०१-०३-००१ ब ००१९ नम्बरको मोटरसाइकल मङ्गलवार बिहान दुर्घटना हुँदा बिर्तामोड नगरपालिका–८ निवासी २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक अधिकारी प्रदेश लेखा इकाई कार्यालय फिदिममा कार्यरत कर्मचारी हुन्।

सोमबार दिउँसो करिब १ ३० मा अधिकारी आफैले चलाएको मोटरसाइकल फिदिम-२ ओदिन नजिकै अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस