भिसा अवधि सकिएर नेपाल फर्किएकाहरूले गरे माइतीघरमा प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भिसा अवधि सकिएर नेपाल फर्किएकाहरूले गरे माइतीघरमा प्रदर्शन


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । कोरियाबाट भिसा अवधि सकिएर नेपाल फर्किएकाहरूले फेरि रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर माइतीघरमा प्रदर्शन गरेका छन् ।

सोमबार कोरिया रिटर्नीहरूले ईपीएस नेपालविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । ईपीएस नेपालले यसअघि आफूहरूसँग गरेको लिखित प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने माग उनीहरूको छ ।

उनीहरूले  ‘जी टू जी’को माध्यमबाट कोरिया पठाउनुको साटो भाषा परीक्षाको ‘नाटक’ बन्द गर, भाषा पास गरेका हजारौँको भविष्य बर्बाद नगर, विभेदकारी ईपीएस सिस्टम बन्द गरसहितका नारा लगाएका थिए । 

उनीहरूले आफूहरूका माग पूरा नभए ईपीएस नेपालको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी पनि दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस