काँग्रेसकै सहमतिमा समाजवादी मोर्चा बनेको खड्काको दाबी  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

काँग्रेसकै सहमतिमा समाजवादी मोर्चा बनेको खड्काको दाबी 


८ श्रावण २०८०, सोमबार


अवरुद्ध राजमार्ग तत्काल सञ्चालनको व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले समाजवादी मोर्चा काँग्रेसकै सहमतिमा गठन भएको बताएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पुस १० गते राति गठबन्धन पुर्नस्थापित गर्दै तीन दलीय मोर्चा बनाउने सहमति भएको बताएका हुन् ।

“पुस १० गतेको सम्झौताअनुसार बनेको हो, काँग्रेसको सहमतिमै बनेको हो । पुस १० मा भत्किएको गठबन्धन पुर्नस्थापना गर्ने बालुवाटारमा चार दलका नेताको बीचमा गठबन्धन पुर्नस्थापना बारेमा जे खाले सहमति भयो, त्यसैको सन्दर्भमा उनीहरूको मोर्चा बनेको हो । सोही विश्वासको वातावरण बन्छ र अविश्वास घट्छ भनेर त्यही राति तनि दलको बीचमा समाजवादी मोर्चा बनाउने सहमति भएको हो,” उनले भने ।

खड्काले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेजस्तै काँग्रेसलाई थाहा भएर मोर्चा बनेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस