भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो एसीसी इमर्जिङ कपको उपाधि  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो एसीसी इमर्जिङ कपको उपाधि 


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ले जितेको छ । आइतबार राति भारत एलाई १२८ रनले हराउँदै पाकिस्तान एले उपाधि उचालेको हो ।

तयाब ताहिरको शतकप्रेरित पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई ३५३ रनको लक्ष्य दिएको थियो ।

आर प्रेमादासा रंगशालामा टस हारेपछि ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३५२ रनको योगफल खडा गरेको थियो । 

पाकिस्तानको ब्याटिङमा ताहिरले १०८ रनको शतकीय इनिङ खेले । आक्रामक रूपमा ब्याटिङ गरेका ताहिरले ७१ बलमा १२ चौकार चार छक्का प्रहार गरे । साहिबजादा फर्हानले ६५ र सैम आयुबले ५९ रन बनाए । 

मुबासिर खानले ३५ मोहम्मद वसिमले १७ र मेह्रान मुम्ताजले १३ रन थपे । पाकिस्तानका कसिम अक्रम भने गोल्डेन डक भएका थिए । 

भारतका राजवर्धन हंगरगेकर र रियान परागले समान दुई विकेट लिए । हर्षित राना, मानव सुथर र निशान्त सिन्धुले एक/एक विकेट लिए ।

यी दुवै टिम प्रतियोगिताको समूह ‘बी’मा थिए । उक्त समूहबाट भारत विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्दा पाकिस्तानलाई आठ विकेटले हराएको थियो । सेमिफाइनलमा भारतले बंगलादेश ‘ए’ लाई ५१ रनले र पाकिस्तानले श्रीलंका ‘ए’ लाई ६० रनले हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस