२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यवाहक प्रधानमन्त्री खड्का र चिनियाँ नेता युआनबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ । 

रक्षामन्त्रीसमेत रहेका खड्का र युआनबीच सिंहदरवारस्थित रक्षा मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा दुवै नेताले आगामी दिनमा नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको रक्षा मन्त्रालयले जनाएको छ । 

रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवम् घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गरेका थिए । 

उनले मित्रराष्ट्र चीनले आर्थिक, सामाजिक एवम् प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुने विचार व्यक्त गरेका थिए ।

चिनियाँ नेता युआनले यस पटकको नेपाल भ्रमणको प्रमुख उद्देश्य सन् २०१९ मा चीनका राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको अवसरमा निर्णय भएअनुसारका विभिन्न आयोजना तथा कार्यक्रमहरूको व्यवहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको उल्लेख गरेका थिए । 

उनले नेपाल र चीनबीच कृषि, खाद्य सुरक्षा, औद्योगिक विकास, रोजगारी, सहरीकरण, भौतिक पूर्वाधार, व्यापार विस्तार, संस्कृति एवम् पर्यटन विकास, युवाहरूको आदान-प्रदानलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने विचार व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ ।