सी.डि.ई.सहित इन्जिनियर र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सी.डि.ई.सहित इन्जिनियर र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा 


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना व्यवस्थापक (सी.डि.ई.)सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई झापाका आयोजना व्यवस्थापक (सी.डि.ई) हुतराज चौहान, इन्जिनियरद्वय धर्मेन्द्र कुमार झा, रवीन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेलविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

स.डि.ई. चौहान, इन्जिनियर शर्मा र लेखापाल पौडेललाई सेवाग्राहीबाट रु.४ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। 

अनुसन्धानको सिलसिलामा उनीहरूकै मिलेमतोमा सडकको निर्माण कार्य सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानीको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी इन्जिनियर शर्मा र लेखापाल पौडेलले रु.चार लाख लिएको अख्तियारको दाबी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस