सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घट्यो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घट्यो


७ श्रावण २०८०, आइतबार


सुन


काठमाडौँ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

शुक्रवार तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर तोलामा एक लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको बिहीवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि लगातार घटेको छ ।

आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ शुक्रवार तोलामा एक हजार चार सय ८० रुपैयाँ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस