प्रधानमन्त्री ‘प्रचण्ड’ इटाली प्रस्थान, (तस्बिरहरू) « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ इटाली प्रस्थान, (तस्बिरहरू)


६ श्रावण २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री ‘प्रचण्ड’ इटली गएका हुन्।

कतार एयरलाइन्सको उडानमार्फत् इटली प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ‘प्रचण्ड’ले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ। 

भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’को इटली भ्रमण स्वीकृत गरेको थियो। उनी चार दिनपछि स्वदेश फर्कने छन्।

तस्बिरहरू:

Tags :
प्रतिक्रिया दिनुहोस